• बिहिबार, साउन २१ २०८३

दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते


मंगलबार, माघ २० २०७७
560
Shares

काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

मंगलबार दिउँसो साढे १ बजे दोलखाको बुलुङबाट छुटेको रोलवालिङ यातायातको बा ३ ख २७८९ को बस सिन्धुपालचोकको सुनकोशी गाउँपालिका—६ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामचन्द्र घिमिरे जानकारी दिए।

बस मुडेस्थित ११ किलो भन्ने स्थानमा पल्टिएको इन्स्पेक्टर घिमिरेले बताए। घाइते मध्ये १० पुरूष, ८ महिला र एकजना बालक रहेका छन्।

घाइतेको उपचार खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा भइरहेको छ। उनीहरूको अवस्था बुझ्ने काम भइरहेको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार