• बिहिबार, साउन २१ २०८३

अब अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने


मंगलबार, माघ २० २०७७
710
Shares


दैलेखको डु‌ंगेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन्।

गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो।

गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन्। उनीहरुलाई मासिक रु ५ सय भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए। ‘भत्ता ६/६ महिनामा वितरण गरिनेछ’, अध्यक्षले भने।

त्यसैगरी विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए। तर, महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत संकलन गर्ने काम भइरहेको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार