• बिहिबार, साउन २१ २०८३

‘डाक्टर जी’मा आयुष्मानको जोडी राकुल


मंगलबार, माघ २० २०७७
595
Shares

काठमाडौं । बलिउड नायक आयुष्मान खुराना फरक कथामा बनेका चलचित्रमा काम गर्न माहिर छन् । यसैले पनि उनले अभिनय गरेका चलचित्रमा दर्शकको रुची बढ्न थालेको छ । उनका चलचित्रले सय करोड सजिलै पार गर्न थालेका छन् ।

उनै, आयुष्मान चलचित्र ‘डाक्टर जी’मा काम गर्ने तयारीमा छन् । यो चलचित्रलाई जंगली पिक्चर्सले निर्माण गर्दैछ । यो चलचित्रमा आयुष्मानको जोडीको रुपमा नायिका राकुल प्रित सिंहले काम गर्ने पक्का भएको छ ।

राकुल र आयुष्मानले पहिलो पटक एकसाथ चलचित्रमा काम गर्न लागेका हुन् ।

राकुलका अनुसार, यो एक रोमाञ्चक कथामा बन्न लागेको चलचित्र हो, जसले मेडिकल व्यवसायको बिषयमा बोल्नेछ । दर्शकले चलचित्रबाट नयाँ स्वाद पाउने उनको अपेक्षा छ ।

अनुभुती कश्यपले निर्देशन गर्न लागेको चलचित्रको छायांकन चाडै नै सुरु हुने बताइएको छ । साउथ चलचित्रमा जमिरहेकी राकुलको माग पछिल्लो समयमा बलिउडमा पनि निकै बढेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार