• शुक्रबार, असोज १६ २०८३

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा बुवा पक्राउ


मंगलबार, माघ २० २०७७
775
Shares


पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका ३८ वर्षीय बुवालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ।

मादक पदार्थ सेवन गरेका आरोपितले आफ्नै घरकोठामा गत शुक्रबार नाबालिका छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा आइतबार उजुरी दिएका थिए।

कानूनबमोजिम कारवाही गर्न माग भएपछि पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार स्वास्थ्य परीक्षण गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलाले बताए।

स्वास्थ्य परीक्षणपछि आज उजूरी दर्ता गरेर आरोपितलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार