• बिहिबार, साउन २१ २०८३

गोरखामा गाउँपालिकाद्धारा किसानलाई बाँदर धपाउने यन्त्र बितरण


मंगलबार, माघ २० २०७७
930
Shares

गोरखा । जिल्लाको आरुघाट गाउँपालिकाले किसानलाई बाँदर धपाउने यन्त्र बितरण गरेको छ । जिल्लमा पालिकाले पहिलो पटक बाँदर धपाउने यन्त्र बिरतण गरेको छ ।

हिजो (सोमबार) एक कार्यक्रमका बिच अध्यक्ष पूर्णबहादुर दाहालले पालिका भित्र १ सय २० वटा बाँदर धपाउने यन्त्र बितरण गरेका छन् ।

एक सय ३३ जनालाई बितरण गर्ने लक्ष्य रहेको र बाँकी आज (मंगलवार) बितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खनालले जानकारी दिए ।


पालिका भित्रका सवै वडामा कम्तीमा १२ वटा यन्त्र पुग्ने गरि बितरण गरेको प्रमुख प्रशासकिय अधिकृत खनालले बताए । किसानले एक हजार रुपैयाँ तिरेका छन् भने बाँकी गाउँपालिकाले अनुदान दिएको छ ।

उक्त यन्त्रको मूल्य ढुवानी बाहेक दुई हजार चार सय रहेको गाउँपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार