• बिहिबार, साउन २१ २०८३

घुससहित सशस्त्र प्रहरीका हवल्दार अख्तियारको नियन्त्रणमा


मंगलबार, माघ २० २०७७
810
Shares

काठमाडौं । सशस्त्र प्रहरीका एक हवल्दारलाई १५ हजार रुपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको गौशाला नगरपालिका–१ स्थित निगौलचौकबाट १५ हजार घुससहित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार श्रवण बस्नेत पक्राउ परेका हुन्।

सोमबार साँझ करिब ५ बजेको समयमा एकजना सर्वसाधारणबाट जंगलबाट दाउरा ल्याउन सहज गरिदिने प्रयोजन बापत घुस लिइरहेको बेला उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो।

अख्तियारले हवल्दार चढेको ना. १ झ ८६४ नं.को बेस क्याम्पको भ्यानसमेत नियन्त्रणमा लिएको जनाएको छ।

हवल्दार बस्नेतमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार