गोरखा । गोरखाको एक वडा कार्यालयमा चोरी भएको छ । शहिद लखन गाउँपालिका वडा नम्बर ५ कार्यालयसँगै आसपासमा आइतबार राती लुटपाट समेत भएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए ।

‘जुम्ली चौतारामा रहेको वडा कार्यालयको मुल ढोका नै फुटाइएर चोरी गरिएको छ,’ उनले भने, ‘राजस्व बापत संकलन भएको रकम जम्मा गर्न बाँकी रहेछ । दराज फोडेर उक्त रकम सबै लगेछ ।’ राजस्व वापत संकलन भएको २० हजार ८४० दराजमा रहेको उहाँले जानकारी दिनुभयो ।
वडा नम्बर ४ का विभिन्न घरमा पनि चोरी र धनमाल लुटपाट भएको स्थानीयले बताएका छन् । उक्त ठाउँमा बाट नगद ५० हजार सहित सुनका गहना लुटिएको अध्यक्ष मगरको भनाई छ ।
घटनाबार थाहा पाए लगतै पुगेको प्रहरी टोली अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।