• शुक्रबार, असोज १६ २०८३

पालुङ्टारमा सुबिधा सम्पन्न पार्टी प्यालेस


मंगलबार, माघ २० २०७७
740
Shares

गोरखा । जिल्लाको पालुङ्टारमा सुबिधा सम्पन्न पार्टी प्यालेस सञ्चालनमा आएको छ ।

५ जना स्थानीय व्यवसायीहरुले १ करोड ४० लाख लागतमा पालुङ्टार स्काइ पार्टी प्यालेस एण्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

‘नयाँ निर्माण हुँदै गरेको यस पालुङटार शहरमा विभिन्न कार्यक्रम हुने गर्छन । तर यहाँ ठाउँको अभाव देखियो,’ प्रबन्ध संचालक बिनोद कार्कीले भने,‘ त्यसैलाई मध्येनजर गर्दै एक वर्ष अघि देखि नै पार्टी प्यालेसको सोच बनाएका थियौं अहिले मुत रुप दिएका छौं ।’

पालुङटार नगरपालिका–५ राधाकृष्ण चोकमा खोलिएको उक्त पार्टी प्यालेसले एक साथ सात सय जनालाई सेवा दिन सक्ने बताइएको छ ।

सभा सम्मेलन गर्ने, बिहे बर्तबन्ध गर्ने, धार्मिक, सांस्कृतिक, संघ सस्था लगायतका कार्यक्रमलाई सहज हुने अपेक्षा लिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार