काठमाडौं । अभिनेत्री मिथिला शर्मा अभिनित म्युजिक भिडियो ‘आशिर्वाद’ सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा मिथिला शर्मा र अशोककुमार तिमल्सिनाको मुख्य अभिनय छ । भिडियोमा मिथिला आमा बनेकी छिन् भने अशोकले छोराको भूमिका निर्वाह गरेका छन् ।
भिडियोमा कोरोनाका कारण विदेशमा रहेको छोरा नेपाल फर्किन नपाएको र नेपालमा रहेकी आमा बिरामी पर्दा हेर्ने कोही नरहेको कथा समेटिएको छ । केतन क्षेत्रीको स्वर, सुरज गैरे ‘बिबश’ र अशोककुमार तिमल्सिनाको शब्द रहेको गीतमा सुवास भुषालले संगीत दिएका छन् ।
भिडियोको निर्देशन पनि गीतकार अशोकले नै गरेका हुन् । राकेश महर्जन, रवि कँडेल र सनिश श्रेष्ठको छायाँकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।