• बिहिबार, साउन २१ २०८३

कपिल शर्मा दोस्रो सन्तानका पिता बने


सोमबार, माघ १९ २०७७
720
Shares


काठमाडौं । भारतका चर्चित कमेडियन कपिल शर्मा दोस्रो सन्तानका पिता बनेका छन्।

कपिलले दोस्रो सन्तानको रुपमा छोरा जन्मिएको ट्वीटरमा जानकारी दिएका छन्।

हालैमात्र कपिलले श्रीमती गिनी गर्भवती भएको र फेब्रुअरीभर ‘द कपिल शर्मा सो’ कार्यक्रम बन्द हुने जानकारी दिएका थिए।

एक महिनासम्म आफूले श्रीमती गिनीको हेरचाह गर्ने बताएका थिए। एक वर्ष अगाडि मात्र कपिलको छोरी जन्मिएको थियो।

उनको छोरीको नाम अनयर्या हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार