• बिहिबार, साउन २१ २०८३

नेपाल र कतारबीचको टी–२० आई सिरिज नहुने


सोमबार, माघ १९ २०७७
655
Shares

काठमाडौं । नेपाल र कतारबीच हुने भनिएको ३ खेलको टी–२० आई सिरिज नहुने भएको छ।

कतार क्रिकेट एसोसिएसनले कतार स्पोट्र्स डेको अवसरमा फेब्रुअरी दोस्रो सातामा हुने सिरिजका लागि नेपाली टोलीलाई निम्ता दिएको थियो।

कतार सरकारले कोरोना संक्रमण रोक्न अवलम्बन गरेका स्वास्थ्य सुरक्षासम्बन्धी नियमलाई कारण देखाउँदै खेल हुन नसक्ने कतार क्रिकेट एसोसिएसनले क्यानलाई जानकारी गराइसकेको छ।

एसोसिएसनले आइतबार क्यानलाई मेल पठाएको क्यान स्रोतले बताएको छ। क्यानले यसबारेमा औपचारिक जानकारी भने दिएको छैन।

नेपालले फेब्रअरी ९ मा पहिलो, १० मा दोस्रो र १२ तारिखमा तेस्रो खेल खेल्ने तालिका थियो।

क्यानले सिरिजकै लागि १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको थियो। सिरिजकै लागि क्यानले आजदेखि बन्द प्रशिक्षणमा समेत खेलाडीलाई बोलाएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार