काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार नेपालमा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् ।
आइतबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभर हालसम्म कोरोना संक्रमितिको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ ।
यस्तै, २४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाबाट २ लाख ६६ हजार ३३६ जना निको भइसकेका छन् । यस्तै सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ९४ छ ।