• बिहिबार, साउन २१ २०८३

अम्बानीको कमाइ हरेक घण्टा ९० करोड !


आइतबार, माघ १८ २०७७
580
Shares


काठमाडौं । भारतका खर्बपति मुकेस अम्बानीले कोरोना महामारीबीच भएको लकडाउनको हरेक घण्टा ९० करोड भारु कमाएका छन्।

कोरोनाले विश्व अर्थतन्त्रलाई हानी पुर्याएको खबरबीच रिलायन्स इन्डस्ट्रीजका प्रमुख अम्बानीले हरेक घण्टा ९० करोड भारु कमाएको रिपोर्ट सार्वजनिक भएको हो।

मुकेश अम्बानीले लकडाउनको एक घण्टामा कमाएको रकम आर्जन गर्न एउटा सामान्य अदक्ष मजदुरलाई १० हजार वर्ष लाग्ने पनि अक्सफामको प्रतिवेदनमा उल्लेख गरिएको छ।

महामारीले सामाजिक, आर्थिक र लैंगिक असमानता झनै बढाएका रिपोर्टहरु आइरहँदा धनी वर्गलाई भने यसले खासै प्रभाव नपरेको अक्सफामको प्रतिवेदनमा जनाइएको छ।

अक्सफामको प्रतिवेदन ‘इनइक्वालिटी भाइरस’का अनुसार सन् २०२० मार्चपछि भारतमा सय जना अर्बपतिको सम्पत्तिमा १ सय २९ खर्ब भारु बढेको देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार