काठमाडौं । गत बर्षको सुपरहिट फिल्म ‘आमा’ सार्वजनिक भएको छ । पाइरेशीको मारमा परेको कारण फिल्म युट्युवबाट सार्वजनिक गरिएको हो ।
दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल लगायतका कलाकारको मुख्य अभिनय छ ।
दर्शक तथा समिक्षक दुबैले राम्रो प्रतिक्रिया दिएका छन् । फिल्म शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।
गत शुक्रबार सार्वजनिक फिल्म युट्युव ट्रेन्डिङको ४ स्थान ओगट्न सफल भएको छ । समाचार तयार गर्दासम्म करिव १२ लाखले हेरेको फिल्मलाई ४२ हजारले लाइक र १४ सयले डिसलाइक दिएका छन् । युट्युवमा हेर्ने धेरैले फिल्मको तारिफ गर्दै सकारात्मक प्रतिक्रिया समेत दिएका छन् ।