http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । कारोबारको साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।
यसैगरी तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।