गोरखा । नेपाल शिक्षक संघ गोरखाको अध्यक्षमा शिवबहादुर थापालाई चयन गरिएको छ ।

संघका जिल्ला अध्यक्ष लुमनाथ लामिछानेले शिक्षक सेवाबाट अनिबार्य अबकास लिनु भएपछि थापा कार्यवाहक अध्यक्षमा मनोनित भएका हुन् ।
शनिबार गोरखा सदरमुकाममा बसेको बैठकले थापालाई कार्यवाहक अध्यक्षमा चयन गरेको संघका जिल्ला सचिव लक्ष्मण आचार्यले बताए । त्यस्तै बैठकले संघको खाली रहेको महिला सहसचिवमा बर्षा ढकाललाई मनोनयन गरेको छ ।