• बिहिबार, साउन २१ २०८३

पबित्र सहकारी संस्थाको अध्यक्षमा पाण्डे


आइतबार, माघ १८ २०७७
775
Shares

गोरखा । सिरानचोक–७ को पबित्र सामुदायीक सहकारी सस्था लिमिटेडको २३ औ साधरण तथा सातौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले युवराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षतामा चन्द्रबहादुर भुजेलले, सचिवमा ज्ञानराज गुरुङ, कोसाध्यक्षमा सस्वती ढकाल र सहसचिवमा राजेश ढकाल चयन भएको निर्वाचन अधिकृत विश्वनाथ पाण्डे जानकारी दिए । ६ सय जना शेयर सदस्य रहेको उक्त सहकारीको एक करोड चुक्ता पुँजी रहेको छ ।

उक्त सहकारीले ८०० घरधुरीमा सामुदायीक विद्युतीकरण गरेको छ । गाउँमा रेमिट्यान्स सेवा उपलब्ध गराइरहेको उक्त सहकारीले कृषि, सामुदायीक बिकास र अन्य विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेको छ ।

निर्वतमान अध्यक्ष सरोजबाबु ढकालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष रीता देवकोटा, वडा अध्यक्ष सुरज ढकाल, नवनिर्वतमान अध्यक्ष युवराज पाण्डे लगायतले मन्तव्य राखेका थिए । साधारण सभाले तत्कालिन लेखा समिति संयोजक हेमराज गुरुङले लेखा समितिको प्रतितिवेदन, अध्यक्ष सरोजबाबु ढकालले वार्षिक प्रतिवेदन पारित गरेको छ ।

यसैगरी सोही स्थानको शङ्खमाइ महिला वचत तथा सहकारी संस्थाको चौथो अधिवशेनले विष्णु ढकाल सिंखडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष चुना थापा, सचिव केशरीमायाँ ढकाल रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार