गोरखा । शनिवार गोरखाका थप १९० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । जस मध्ये १३८ महिला र ५५ पुरुष रहेको जिल्ला अस्पताल गोरखाले जनाएको छ ।

उनीहरु मा ९९ जना स्वास्थ्यकर्मी, ६३ जना महिला स्वास्थ्य स्वम्सेविका र कार्यालय सहयोगी २८ जना रहेका छन् । शुक्रबार २६९ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका थिए ।
पहिलो चरणमा जिल्लाका १८ सय ८ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको हो । खोप अभियान माघ १८ गतेसम्म चल्ने बताइएको छ । तर निर्धारित समय सकिन लाग्दा पनि नाम लेखाएका मध्ये आधाले पनि खोप लगाएका छैनन् ।
जसका कारण समय बढ्न सक्ने बताइएको छ । सरकारले पहिलो चरणमा कोरोना रोकथाम र नियन्त्रणका लागि अग्रपङ्तीमा खटिने स्वास्थ्यकर्मीलाई नै खोप लगाउने निर्णय गरेको छ ।