• बिहिबार, साउन २१ २०८३

सेभन ए साइड फुटबल प्रतियोगिताको उपाधी एलायन्सलाई


आइतबार, माघ १८ २०७७
1.3K
Shares


गोरखा । जिल्ला सदरमुकाममा भएको ‘सेभन ए साइड’ फुटबलको उपाधी एलायन्स क्लब अफ गोरखाले जितेको छ । गोरखा नगरपालिका–९ दलभञ्ज्याङ स्थित द ओसन क्लबको प्रशिक्षण केन्दमा शनिवार भएको प्रतियोगितामा रोट्याक्ट क्लव अफ गोरखालाई ५–४ गोल अन्तरले हराउँदै एलायन्स बिजयी भएको हो ।

एलायन्सले ट्रफि, मेडल र प्रमाणपत्रको साथमा बोका पुरस्कार पाएको छ । उपबिजेता बनेको रोट्¥याक्ट अफ गोरखाले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा दुइ वटा कुखुरा पुरस्कार पाएको छ । प्रतियोगीतामा गोरखा जेसिजले तेस्रो स्थान हासिल गरेको छ ।

लियो क्लब अफ गोरखालाइ ३–१ ले पराजित गर्दै जेसिजले तेस्रो स्थान हासिल गरेको आयोजकले जनाएको छ । तेस्रो भएको जेसिजले ट्रफि, मेडल र प्रमाणपत्रको साथमा एउटा कुखुरा पुरस्कार पाएको छ । प्रतियोगीतामा अनिल प्रधान उत्कृष्ट गोलरक्षक र सरोज श्रेष्ठ उत्कृष्ट खेलाडी घोषितभएका छन् ।

प्रतियोगीता अवधी भर आठ गोल गरेर समिर कुवँर सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । रोट्याक्ट क्लव गोरखाको आयोजनामा भएको प्रतियोगीतामा ११ टिमको सहभागी भएका थिए ।

रोट्याक्ट क्लव का अध्यक्ष फिलिप कडेलको अध्यक्षता भएको समापन कार्यक्रमा प्रमुख अतिथी गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बिजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार