• मंगलबार, साउन १२ २०८३

नेपालमा भेटियो बर्ड फ्लु


शनिबार, माघ १७ २०७७
855
Shares

काठमाडौँको फुटुङमा बर्ड फ्लु भेटिएको छ।

तारकेश्वर नगरपालिका–७, फुटुङमा हाँस र टर्कीमा बर्ड फ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ।

फुटुङबाट संकलन गरिएको नमूनाको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बर्ड फ्लु देखिएको विभागले जनाएको छ।

शुक्रबार बर्ड फ्लु पुष्टि हुने बित्तिकै सो क्षेत्रमा पालिएको पशुपन्छी नष्ट गरिएको विभागले जनाएको छ।

विभागले १ हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ वटा बटाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्टा र ७५ केजी दाना नष्ट गरिएको जनाएको छ।

भारतमा बर्ल्ड फ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुहरुको आयातमा रोक लगाउँदै आएको थियो। काठमाडौँमै बर्ड फ्लु देखिएपछि थप कडाइ गर्ने विभागले तयारी गरिरहेको जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार