• बिहिबार, साउन २१ २०८३

बिगबास खेलेर नेपाल फर्किए सन्दीप


शुक्रबार, माघ १६ २०७७
495
Shares

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाली बिगबास क्रिकेट लिग खेली बिहीबार नेपाल फर्किएका छन्।

यसपटक उनले होबर्ट हरिकेन्सबाट लिग खेलेका थिए। तर टिम लिगबाट बाहिरिएपछि उनी फर्किएका हुन्। हरिकेन्सले १४ खेल खेल्दै ७ मा हार र ७ मा जित निकालेको थियो। उसले कुल २८ अंक हासिल गर्दै लिगबाट बाहिरिएको हो।

सन्दीपले सुरुका ६ खेल गुमाए। खेलअवधिमा ८ विकेट सन्दीपको नाममा रह्यो। अब उनी राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनेछन्।

उनी तेस्रो पटक बिगबास खेल्न गत मंसिर ३० गते अस्ट्रेलिया गएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार