काठमाडौं । कुलोमा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका—५ मटेरीका योगमाया थापाको १९ महिनाको छोरा प्रतिन थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
उक्त बालक घर अगाडि रहेको कुलोमा शुक्रबार मध्याह्न १२ बजे डुबिरहेको अवस्थामा फेला परेको र आमाले कुलोबाट निकालेर उपचारको लागि रामपुर अस्पतालमा पु¥याचए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।
घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।