• बिहिबार, साउन २१ २०८३

कक्षा ११ र १२ मा गणितलाई तेस्रो अनिवार्य विषय बनाउने परिषद्को निर्णय


शुक्रबार, माघ १६ २०७७
855
Shares

काठमाडौं । कक्षा ११ र १२ का विद्यार्थीले तेस्रो अनिवार्य विषयमा गणित अध्ययन गर्न पाउने भएका छन्।

शिक्षामन्त्रीको नेतृत्वमा रहेको पाठ्यक्रम तथा मूल्यांकन परिषद्को बिहीबार भएको बैठकले तेस्रो अनिवार्य विषयमा गणित लिन सक्ने व्यवस्था गरेको हो।

पहिलो अनिवार्य विषयको रुपमा नेपाली, दोस्रो अंग्रेजी रहेको छ।

११ तथा १२ का विद्यालयले तेस्रो अनिवार्य विषयको रुपमा गणित वा सामाजिक तथा जीवन उपयोगी मध्ये एउटा अध्ययन गर्नुपर्नेछ। यसअघि तेस्रो अनिवार्य विषयको रुपमा सामाजिक तथा जीवन उपयोगी विषय मात्रै रहेको थियो।

नयाँ पाठ्यक्रम बनाउने क्रममा चौथो ऐच्छिक विषयको रुपमा गणितलाई राखिएको थियो।

नेपाल गणित संघका सहसचिव डा.जीवन काफ्लेका अनुसार तेस्रो अनिवार्य विषयको रुपमा रहेको विद्यार्थीले पनि ऐच्छिक विषयमा गणित पढ्न भने पाउने बताएका छन् ।

गणितलाई नयाँ पाठ्यक्रमबाट हटाएपछि समाजले आन्दोलन गर्दै आएको थियो। गणित शिक्षालाई ओझेलमा पारेको भन्दै अदालतमा मुद्दा समेत परेको थियो। अदालतले सो विषयलाई समावेश गराउने फैसला गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार