• बिहिबार, साउन २१ २०८३

‘श्रीदेवी’ बनाउँदै दीपशिखा


शुक्रबार, माघ १६ २०७७
715
Shares


काठमाडौंँ । केही पहिले ‘प्रेमलीला’ नामको फिल्म निर्माण गरेकी अभिनेत्री तथा निर्मात्री दिपशिखा सिंह खड्काले नयाँ फिल्म घोषण गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फिल्म ‘श्रीदेवी’ बनाउन लागेको घोषणा गरेकी हुन्। फिल्ममा शीर्षक भूमिका उनी आफैले निर्वाह गर्नेछिन् ।

एउटी वेश्यावृत्तिमा आवद्ध युवतीको कथामा बन्न लागेको बताइएको फिल्म फौजी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । स्क्रिप्ट समेत अभिनेत्री खड्काकै रहेको फिल्मको अन्य कलाकार र प्राविधिक सबै टुङ्गो लाग्न बाँकी रहेको छ । सबै टुंगो लाग्ने बित्तिकै फिल्म छायाँंकनमा निस्कने निर्माता खड्काले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार