• बिहिबार, साउन २१ २०८३

स्रोत नखुलेको ३८ लाखसहित पाँच पक्राउ


शुक्रबार, माघ १६ २०७७
755
Shares

Modern metal handcuffs. Vector illustration in flat style

काठमाडौं । स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित पाँच जना पक्राउ परेका छन्।

बिहीबार दिउँसो काठमाडौं महानगरपालिका—२२ न्युरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूबाट प्रहरीले २२ लाख ८ हजार १ सय ५० रुपैयाँ लेखिएका २४ थान चेक पनि बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका—१ का २७ वर्षीय नवराज रावत, २८ वर्षीय सञ्जय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका—११ का २७ वर्षीया सानुमाया तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका७ का २७ वर्षीय भीमसेन बहादुर तामाङ छन्।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पदरूपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गरेको थियो। तलासी लिँदा उक्त रकम र चेक फेला पारेको प्रहरीले जनाएको छ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग, पुल्चोक पठाइने वृत्तले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार