• बिहिबार, साउन २१ २०८३

गोरखामा अज्ञात समूहद्धारा जेसिबीमा आगजनी


शुक्रबार, माघ १६ २०७७
575
Shares

गोरखा । गोरखामा रोकिराखेको जेसिबीमा आगजनी भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका १ निबेलमा पार्किङ गरि राखिएको जेसिबीमा आगजनी भएको प्रहरीले बताएको छ ।

बिहिबार दिउसो २ः४५ बजेको समयमा पहिचान नखुलेका युवाहरुको बा. २ क १७७ नम्बरको जेसिबी मेसिनमा आगजनी गरेका थिए ।उक्त जेसिबी बिगत डेढ दुई बर्ष देखि पार्किङमा रोकीे राखिएको स्थानीयले बताएका छन् ।

आगजनीपछि उक्त समूह फरार भएका छन् । उनीहरुको खोजी गरिरहेको जिल्लाका प्रहरी प्रमुख सुरेन्द्र बहादु गुरुङले बताए । आगलागीबाट मेशिनमा सामान्य क्षेति पुगेको स्थानियले बताए । स्थानियले आगो नियन्त्रणमा लिएपछि प्रहरीलाई खबर गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार