• मंगलबार, साउन १२ २०८३

गोरखामा थप १ सय ५९ जनाले लगाए कोरोना बिरुद्धको खोप


शुक्रबार, माघ १६ २०७७
535
Shares

गोरखा । बिहीबार गोरखाका १५९ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । दोश्रो दिन १२५ जना पुरुष र ३४ जना महिला गरी १५९ जनालाई खोप लगाइएको जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

ती मध्ये ८७ जना स्वास्थ्यकर्मी, ६२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई खोप लगाइएको उनले बताए । त्यस्तै कार्यालय सहयोगी, जना एम्बुलेन्स चालक सरसफाई कर्मचारी गरी १० जनालाई पनि पहिलो चरणको खोप लगाईएको छ ।

‘बुधबार लगाएका मध्ये झण्डै ४० प्रतिशतमा खोपको सामान्य असर देखिएको छ,’ उनले भने, ‘ज्वरो आउने, रुघा लाग्ने, जिउ दुख्ने लगायतका समस्या देखिएका छन् । तर उहाँहरु सबैको अबस्था सामान्य छ ।’ शुक्रबार आज पालुङटार नगरपालिकाका १११ जना, धार्चे गाउँपालिकाका ६५ जना, आरुघाट गाउँपालिकाका ६९, बारपाक सुलिकोट गाउँपालिका ६० र अजिरकोट गाउँपालिकाका ५० जनाले खोप लगाउने तयारी छ ।

पहिलो चरणमा यहाँका १ हजार ७८९ जनालाई खोप लगाइने बताइएको छ । ती मध्ये १५ सय ८९ जना स्वास्थ्यकर्मी हुन्, अन्य भने शब व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शवबाहन चालक रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार