काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप २ सय १३ जनामा कोरोना पुष्टि भएको हो।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ५ सय ८८ पुगेको छ।
पछिल्लो २४ घण्टामा २ सय ९६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६५ हजार ३ सय ६५ पुगेको छ। देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय ३ छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ६० हजार ८ सय ६० परीक्षणहरु गरिएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय १३ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।