• बिहिबार, साउन २१ २०८३

विष सेवनबाट आमासहित दुई छोरीको मृत्यु


बिहिबार, माघ १५ २०७७
705
Shares


बुटवल । एक महिलाले दुई छोरीसहित आफूले पनि विष सेवन गरी आत्महत्या गरेकी छिन्। पश्चिम नवलपरासीको सरावल गाउँपालिका ५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार आफ्ना दुई छोरीलाई विष सेवन गराएर आफूले पनि सेवन गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु लामाले बताए ।

विष सेवनका कारण चौधरीकी १२ वर्षीया छोरी नेहा र १० वर्षीया हेमाको मृत्यु भएको जिल्ला डिएसपी लामाले जानकारी दिए। विष सेवनपछि घरभित्र छट्पटिएपछि चिच्याएको आवाज सुनेपछि स्थानीय घरको छतबाट कोठामा पुगेका थिए।

विष सेवनपछि पृथ्वीचन्द्र अस्पताल परासीमा पुर्‍याइएका उनीहरूको त्यहाँ उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा पठाइएको थियो।

उपचारका क्रममा तीनै जनाको बिहीबार बिहान अस्पतालमा मृत्यु भएको डिएसपी लामाले जानकारी दिए। मृतक अनिताका श्रीमान रोजगारीका लागि विदेशमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार