• बिहिबार, साउन २१ २०८३

गोरखा लायन्सद्वारा शहिद लखनका १६ सय ३२ जनाको आँखा परीक्षण


बिहिबार, माघ १५ २०७७
1.3K
Shares

गोरखा । शहिद लखन गाउँपालिकाको विभिन्न स्थानमा आँखा जाँच शिविर भएको छ ।

लायन्स क्लब अफ गोरखाको आयोजनामा गाउँपालिकाभरि सञ्चालन गरेको आँखा परीक्षण शिविरमा १ हजार ६ सय ३२ जनाको आँखा परीक्षण गरिएको छ ।

पालिकाका विद्यालयमा सञ्चालित शिविरमा ९ सय १४ जना विद्यार्थी र स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा ७ सय १८ जनाको आँखा परीक्षण गरिएको क्लवका अध्यक्ष श्यामबाबु श्रेष्ठले जानकारी दिए ।

हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा गत माघ ५ गतेदेखि १४ गतेसम्म आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो ।

परीक्षण गरिएकामध्य २९ जनाको आँखाको तत्काल शल्यक्रिया गर्नुृपर्ने अबस्था देखिएको छ । उनीहरुको आउँदो माघ १९, २० र २१ गते गोरखा आँखा उपचार केन्द्रमा नियमित सञ्चालन गर्ने शिविरमा शल्यक्रिया गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

साथै १२ जना विद्यार्थीहरुमा चस्मा लगाउनु पर्ने देखिएको थियो । लायन्स क्लव अफ गोरखाले ११ वटै पालिकामा सघन रुपमा आँखा परीक्षण शिविर सञ्चालन गर्ने निणर्य गरेको छ । निणर्यअनुसार पहिलो चरणमा शहीद लखन गाउँपालिकामा शिविर सञ्चालन गरिएको हो ।

दोस्रो चरणमा धार्चे गाउँपालिकामा शिविर सञ्चालन हुने भएको छ । मिति भने तयार भइनसकेको अध्यक्ष श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार