• शुक्रबार, असोज १६ २०८३

आफैंले पालेको राँगोले हानेर एकको मृत्यु


बिहिबार, माघ १५ २०७७
690
Shares


कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ ।

गएराति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

‘राँगाले हान्दा चौधरी गम्भीर घाइते भएको र तत्कालै घटनास्थलमै मृत्यु भएको खबर छ,’ प्रवक्ता थापाले भन्नुभयो, ‘आज कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई दाहसंस्कारका लागि दिन्छौँ ।’ प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार