• बिहिबार, साउन २१ २०८३

पूर्व युवराज पारस शाहले गरे गोरखकाली र मनकामनामा पूजाआजा


बिहिबार, माघ १५ २०७७
785
Shares

गोरखा । पूर्व युवराज पारस शाहले बुधबार गोरखाकाली, गोरखनाथ र मनकामनामा बिशेष पूजाआजा गरेका छन् ।

मंगलबार राती गोरखा आएका उनले बुधबार बिहान गोरखाकाली मन्दिरमा पुगेर बिशेष पूजाआजा गरेका हुन् । शाह वशंका कुल देबता मानिने गोरखकाली र गोरखानाथ गुफामा उनले ग्रह शान्ती पूजा गराएका हुन ।

‘मुख्यतय हामी ग्रह शान्तीका लागी आएका हौं,’ उनीसँगै आएका सल्लाहकार कृष्ण श्रेष्ठले भने, ‘यहाँ आएका बेला सरकारले दरबारको अवलोकन समेत गरिबक्सेको छ ।’ पारसले आफ्ना समर्थकहरुसँगको छलफलका क्रममा गोरखा दरबार पुनर्निर्माण ढिलाई भएको भन्दै दु:ख समेत व्यक्त गरेका थिए ।

जिल्ला आएका बखत उनले आफ्ना समर्थक र राप्रपाका नेता कार्यकतासँग सामान्य भेटघाट समेत गरेका थिए । पूजा पाठ, दान दक्षिणा सकेर उनी दिउँसो १ बजे मनकामना दर्शनका लागि हिडेका थिए । ४ बजे मनकामना मन्दिर पुगेका उनी पूजाआजा सकी बुधबार नै पोखरा पुगेको उनका सहयोगीहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार