• बिहिबार, साउन २१ २०८३

जम्मु–कास्मिरमा बम आक्रमण, चार भारतीय सेना घाइते


बुधबार, माघ १४ २०७७
465
Shares

काठमाडौं । भारत प्रशासित जम्मु–कास्मिरमा बुधबार बम आक्रमण हुँदा चार भारतीय सेना घाइते भएका छन्।

हाल उनीहरुको श्रीनगरस्थित ९२ बेस हस्पिटलमा उपचार भइरहेको एनडीटीभीले जनाएको छ।

भारतीय अधिकारीहरुका अनुसार आतंकवादीले बम आक्रमण गरेका हुन्।यस घटनाको थप विवरण आउन बाँकी छ।

जम्मु–कास्मिरमा विशेषगरी पाकिस्तानस्थित आतंकवादी समूहले हिंसा मच्चाउँदै आएका छन्।

सन् २०१९ को फेब्रुअरी १४ मा जैस–ए मोहम्मद समूहले भारतीय सेना लक्षित आत्मघाती बम विस्फोट गराउँदा ४२ भारतीय सेनाको मृत्यु भएको थियो।

यस क्षेत्रको सीमानामा समेत दोहोरिँदै गोलाबारी हुने गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार