• मंगलबार, साउन १२ २०८३

थप २८३ मा कोरोना पुष्टि, ३ को मृत्यु


बुधबार, माघ १४ २०७७
570
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४३८२ मा पिसिआर परीक्षण गर्दा २ सय ८३ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ३ सय ७५ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ सय ४६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६५ हजार ६९ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार