• बिहिबार, साउन २१ २०८३

राष्ट्रिय महिला लिग : चन्द्रपुर र विराटनगर भिड्दै


बुधबार, माघ १४ २०७७
765
Shares

काठमाडौं । राष्ट्रिय महिला लिगमा बुधबार चन्द्रपुर नगरपालिका रौतहट र विराटनगर नगरपािलका मोरङबीच प्रतिस्पर्धा हुँदै छ।

खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा दिउँसो २ बजे हुनेछ। लिगमा आज एक् खेल मात्र हुनेछ।

चन्द्रपुर दोस्रो जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लने योजनामा छ। २ खेलमा एकमा जित १ मा हार भोगेको चन्द्रपुरको ३ अंक छ।

यता विराटनगर भने पहिलो जितको खोजीमा छ। १ खेलमा बराबर र १ खेलमा हार भोगेको विराटनगर १ अंकमा तालिकाको छैटौँ स्थानमा छ।

लिगमा अपराजित रहेको सशस्त्र प्रहरीको एपीएफ ९ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ। ५ अंक भएको नेपाल पुलिस क्लब दोस्रो र त्रिभुवन आर्मी फुटबल क्लब ४ अंकमा तेस्रो स्थानमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार