• मंगलबार, साउन १२ २०८३

देशभर कोरोनाविरुद्धको खोप अभियान सुरु


बुधबार, माघ १४ २०७७
595
Shares

{"caption":"u0915u093eu0920u092eu093eu0921u094cu0902u0915u094b u091fu0947u0915u0941u0938u094du0925u093fu0924 u0938u0939u093fu0926 u0936u0941u0915u094du0930u0930u093eu091c u091fu094du0930u092au093fu0915u0932 u0924u0925u093e u0938u0930u0941u0935u093e u0930u094bu0917 u0905u0938u094du092au0924u093eu0932u0915u093e u0928u093fu0930u094du0926u0947u0936u0915 u0921u093e. u0938u093eu0917u0930 u0930u093eu091cu092du0923u094du0921u093eu0930u0940 u092cu0941u0927u092cu093eu0930 u092cu093fu0939u093eu0928 u0928u0947u092au093eu0932u092eu0948 u092au0939u093fu0932u094bu092au091fu0915 u0915u093eu0947u0930u094bu0928u093e u0916u094bu092a u0932u0917u093eu0909u0901u0926u0948 u0964 u0924u0938u094du092cu093fu0930 : u0905u0902u0917u0926 u0922u0915u093eu0932 n","photographer":"","alt_text":""}

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका हुन् । अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वाचन गरेर सुनाइएको थियो ।

काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।

बुधबार १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । पहिलो चरणको अभियान १० दिनभित्र सम्पन्न हुने छ ।

नेपालमा भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप प्रयोग गरिएको हो । अनुदानमा उपलब्ध यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार