काठमाडौं । जुम्लाको तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा मंगलबार राति भीषण आगलागी भएको छ।
प्रहरीका अनुसार आगलागीबाट २५ वटा भन्दा बढी जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी युवनकुमार चौधरीका अनुसार साँझ ७ बजे आगलागी सुरु भएको हो।
प्रहरी निरीक्षक चौधरीका अनुसार घटनास्थल निकै विकट ठाउँ भएकाले सुरुमै सूचना भए पनि प्रहरीको टोली ढिला गरी पुगेको हो। राति ९/१० बजे पुगेको प्रहरी टोलीले आगो निभाउने प्रयास गरिरहे पनि आगो अझै पूर्ण नियन्त्रणमा नआएको प्रहरी निरीक्षक चौधरी बताए ।
आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए। प्रहरी टोली अहिले घटनास्थलमै छ। क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
आगलागी के कारण भयो भन्ने कुरा पनि खुलिसकेको छैन।