• मंगलबार, साउन १२ २०८३

गोरखामा आज देखि कोरोना बिरुद्धको खोप लगाइदै


बुधबार, माघ १४ २०७७
700
Shares

गोरखा । जिल्लामा आज देखि कोरोना भाइरस बिरुद्धको खोप लगाइदैछ । भारत सरकारबाट सहयोग प्राप्त कोडिशिल्ड खोप मंगलबार जिल्ला आएसँगै आजबाट लगाउन लागिएको हो ।

‘हामीलाई पहिलो चरणमा प्राप्त हुने खोप जिल्ला आइसकेको छ,’ प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने, ‘तालिका अनुसार नै आजबाट खोप लगाउने काम पनि सुरु हुन्छ ।’

जिल्ला अस्पताल गोरखाका तालिम प्राप्त स्वास्थ्यकर्मीले बिहान १० बजे देखि खोप लगाउन सुरु गर्नेछन् । बुधबार पहिलो दिन गोरखा नगरपालिकाका १४६, भीमसेन थापा गाउँपालका ५० र शहिद लखन गाउँपालिका ५५ जनालाई खोप लगाउने तयारी छ ।

यसैगरी बिहीबार गोरखा नगरपालिकाका १४७, भीमसेन थापा गाउँपालिका र शहिद लखन गाउँपालिकाका ५८/५८ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

शुक्रबार पालुङटार नगरपालिकाका १११ जना, धार्चे गाउँपालिकाका ६५ जना, आरुघाट गाउँपालिकाका ६९, बारपाक सुलिकोट गाउँपालिका ६० र अजिरकोट गाउँपालिकाका ५० जनाले खोप लगाउनेछ । शनिवार गण्डकी गाउँपालिका ६५, सिरानचोक गाउँपालिकाका ७० आरुघाट गाउँपालिकाका ६९, अजिरकोट गाउँपालिकाका ५५ र चुमनुब्री गाउँपालिकाका ४४ जनालाई खोप लगाउने तयारी छ ।

आइतबार पालुङटार नगरपालिकाका १००, गण्डकी गाउँपालिकाका ५५, सिरानचोक गाउँपालिकाका ६५, बारपाक सुलिकोट गाउँपालिका ५५ र चुमचुब्री गाउँपालिका ७५ जना गरी पहिलो चरणमा कुल १ हजार ६१९ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । आजबाट सुरु भएको खोप कार्यक्रम १८ गते अर्थात ५ दिन सम्म चल्ने बताइएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्यमंसेबिका, एम्बुलेन्स चालक, शबबाहन चालक, शब व्यवस्थापन खटिएका सुरक्षकर्मी, सरसफाई सहयोगीहरुलाई खोप लगाउने तयारी छ ।

मंगलबार प्रदेश स्वास्थ्य आपूर्ती केन्द्रले विशेष प्रकारको रेफ्रिजेटरमा राखेर जिल्ला ल्याएको थियो । एक कार्यक्रमका वीच केन्द्रका कोल्ड चेन निरीक्षक हिमलाल सुबेदीले प्रजिअ भट्टराईलाई उक्त खोप हस्तान्तरण गरेका हुन् । जिल्लाका लागि पहिलो चरणमा २०१ भायल अर्थात २ हजार १० डोज (मात्र) खोप ल्याइएको छ ।

एक महिना पछि अहिले लगाइएका व्यक्तिहरुलाई पुन खोप लगाउनु पर्ने चिकित्सकहरुले बताएका छन् । जिल्लालाई प्राप्त करिब ४ हजार खोप मध्ये बाँकी दोश्रो चरणमा ल्याइनेछ । खोप लगाउँदा सामान्य एलेर्जी हुन सक्ने गोरखा अस्पतालका डाक्टर सन्तोष बास्तोला बताउँछन् ।

केही व्यक्तिमा खोपको प्रतिक्रिया देखिए उपचारका लागि अस्पतालले आवश्यक तयारी गरेको छ । यदी जटिल समस्या देखिएमा भने पोखरा पठाउने व्यवस्थ मिलाइएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार