• शुक्रबार, असोज १६ २०८३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तनहुँका सब इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा


मंगलबार, माघ १३ २०७७
605
Shares


काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तनहुँका सब—इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) तनहुँका सबइन्जिनियर सुरेन्द्र अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले अधिकारीविरूद्ध मंगलबार काठमाडौंको विशेष अदालतमा एक लाख ५० हजार बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

उनले आफ्नो कार्यक्षेत्रभित्रको विद्यालयको भौतिक संरचना निर्माण निकासा दिलाइदिएबापत घुस माग गरिरहेका थिए।

घुस माग गरेको सूचनाको आधारमा पोखराबाट खटिएको अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानबाट अधिकारीले विद्यालयको शौचालय निर्माण सम्पन्न भएपछि अन्तिम निकासा गरेबापत सेवाग्राहीसँग १ लाख ५० हजार घुस मागेका थिए।

घुस लिएको पुष्टि भएसँगै उनीविरूद्ध अख्तियारले मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।

अख्तियारले बिगो एक लाख ५० हजार बिगो असुल गरी ६ महिनादेखि एक वर्ष ६ महिनासम्म कैद सजायको माग गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार