गोरखा । जिल्लाबाट आइतबार राती एकसाथ चोरी भएको तीन वटा मोटरसाइकलमध्ये एउटा फेला परेको छ ।
बा ८२ प ४४३८ नम्बरको २२० सिसिको पल्सर ब्रन्डको मोटरसाइकल अबुवाबाट १ किलोमिटर शेरातर्फको सडक छेऊमा अलपत्र अवस्थामा फेला परेको हो ।

हिजो देखी सडक छेऊमै अलपत्र मोटरसाइकल आज पनि सोही ठाँउमा देखेपछि मझुवा प्रहरीलाई जिम्मा लागाएको अबुवा कर्मसिङ टोल बिकास संस्थाका अध्यक्ष सुजन गर्तैलाले जानकारी दिए ।
उक्त मोटरसाइकल शहिद लखन गाउँपालिका ८ मैलुङ घर भई सोही क्षेत्रमा बस्दै आएका सुरेश पुलामीको रहेको प्रहरीले जनाएको छ ।