• बिहिबार, साउन २१ २०८३

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु


मंगलबार, माघ १३ २०७७
580
Shares


चितवन । पूर्वपश्चिम राजमार्गको रत्ननगरमा बसले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको टापटिङका २४ वर्षीय अनिल मगर र पछाडि सवार सुनसरी धरानका २० वर्षीय गौरव राई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान दायाँ मोड्ने क्रममा बा २ ख ५६७४ नं को सनराइज बोर्डिङ स्कुलको बसले विपरीत दिशाबाट जाँदै गरेको बा ९२ प ५२०४ नं मोटरसाइकललाई ठक्कर दिएको थियो।

गम्भीर घाइते दुबै जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

बिहान ९ः२० बजे घटना भएको र दुबै जनाको अस्पताल ल्याउना साथ ९ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार छन्। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार