• मंगलबार, साउन १२ २०८३

थप ३०३ जनामा कोरोना पुष्टि, ६ को मृत्यु


मंगलबार, माघ १३ २०७७
490
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ५ सय ७४ मा पिसिआर परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९२ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा २ सय ८५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६४ हजार ८ सय २३ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार १७ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार