गोरखा । गोरखामा पहिलो चरणको कोरोना भाइरसविरुद्ध खोप ‘कोभिसिल्ड’ आईपुगेको छ ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशका सबै जिल्लामा कोरोना खोप ‘कोभिसिल्ड’ पठाउन सुरु गरे संगै गोरखामा पनि मङ्गलबार खोप आईपुगेको हो ।

नेपाल सरकारलाई केही दिन अघि मात्र उपलब्ध भएको कोरोना खोप ‘कोभिसिल्ड’ गोरखा आइपुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत ऋषिराम खत्रीले बताए ।
प्रदेश सरकार मार्फत प्राप्त खोप प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बुझेर कोल्ड स्वास्थ्य कार्यालय गोरखाको कोल्ड चेनलाई हस्तान्तरण गरिएको छ । प्रदेश सरकारले पहिलो चरणमा अहिले जिल्लाको लागी २ हजार १० डोज खोप उपलब्ध गराएको छ ।
माघ १४ गते बुधबार देखी सुरु हुने खोप सेवा माघ १८ गते आइतबार सम्म हुने छ । पहिलो चरणमा गोरखाका १५ सय ९० जनालाई कोरोना खोप लगाइने तयारी गरिएको छ ।
खोप सेवा गोरखा अस्पतालबाट दिने भएको छ । खोप सञ्चालन गर्दा जिल्लाको कुनै पनि स्वास्थ्य संस्था बन्द नहुने गरी सेवा सुचारु गर्न लागिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।