• शुक्रबार, असोज १६ २०८३

सुनखानीमा थुनिएका ९ को मृत्यु, ११ जनाको जीवितै उद्धार


मंगलबार, माघ १३ २०७७
640
Shares

काठमाडौं । दुई सातादेखि चीनको सुन खानीभित्र फसेका ११ जनाको जीवितै उद्धार गर्न सकिए पनि अन्य ९ जनाको मृत्यु भएको छ।

११ जनाका यसैहप्ताको आइतबारसम्ममा उद्धार गरिएको थियो। अन्य ९ जना भने उद्धारका क्रममा मृत भेटिएको बीबीसीले जनाएको छ।

चीनको पूर्वी साङदोङ प्रान्तको एक सुनखानीमा विस्फोट हुँदा सयौं मिटर भित्र ती मजदुरहरु फसेका थिए।

उक्त घटनामा ६३३ जना उद्धारकर्मी र ४०७ वटा उपकरण फिल्डमा परिचालन गरिएको थियो।

खानीभित्र करिब ६०० मिटरको गहिराईमा ती मजदूरहरु गत जनवरी १० मा फसेका थिए। उक्त खानीस्थल पूर्वी साङदोङ प्रान्तको यान्ताईस्थित किझियामा रहेको छ।

उद्धारकर्ताहरुले खानीभित्र फसेका व्यक्तिका लागि ढुङ्गामा ड्रिल गरेर खाना, औषधि र अन्य सरसामान भित्र पठाएका थिए। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार