काठमाडौं । हिउँदयाममा माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली टोली स्वदेश फर्किएको छ।
विश्वको दोस्रो अग्लो हिमालमा आरोहण गरेका १० जना विहानै काठमाडौं फर्किएका हुन् ।

नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए ।
नेपाल पर्वतारोहण संघले आरोहीहरुलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा र खादासहित स्वागत गरिएको थियो। स्वागतका लागि टानका प्रतिनिधिहरु समेत विमानस्थल पुगेका थिए।
नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले ८ हजार ६११ मिटर अग्लो माउन्ट केटुको सफल आरोहण गरेका थिए ।
विमानस्थलबाट मोटरसाइकल र्यालीलीद्वारा तीनकुने– नयाँबानेश्वर, भद्रकाली सुन्धारा हुँदै ठमेल परिक्रमाको कार्यक्रम रहेको थियो ।