• बिहिबार, साउन २१ २०८३

साना शहरीको आयव्यव सार्वजानिक


मंगलबार, माघ १३ २०७७
1.2K
Shares

गोरखा । पृथ्वीनारायण साना शहरी खानेपानी आयोजना तथा सरसफाई उपभोक्ता संस्था लिमिटेडले गत आर्थिक वर्षको आयव्यय सार्वजानिक गरेको छ । सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उक्त सस्थाले आ.व २०७६/०७७ को कुल १ करोड २० लाख ६६ हजार ९ सय ७८ रुपैयाको आम्दानी र खर्च विवरण सार्वजानिक गरेको हो ।

‘कोरानाका कारण यस वर्ष हामीले वार्षिक साधारण सभा गरेर विवरण सार्वजानिक गर्ने अबस्था रहेन,’ अध्यक्ष बिनोद अर्यालले भने, ‘पत्रकार सम्मेलन मार्फत हाम्रो संस्थाको गतिविधिहरु सार्वजानिक गरेका छौं । आशा छ सबै उपभोक्ताले जानकारी पाउनुहुनेछ ।’

यस अघिको मौज्जाद रकम, पानी महसुलबाट प्राप्त रकम, नयाँ सदस्यता शुल्क, जडान शुल्क धरौटी शुल्क, मिटर बिक्रि, ठाउँ सारी, नाम सारी लगायतका शीर्षकमा उक्त संस्थालाई आम्दानी हुने गरेको छ । लिफ्टिङ प्रविधिमा आधारित सो आयोजनाको सबै भन्दा धेरै ५८ लाख रुपैयाँ विद्युत महशुलमा खर्च गर्ने गरेको छ ।

कर्मचारी तलब भत्तामा २३ लाख ५२ हजार रुपैयाँ, स्रोत मुआब्जा खर्च ७२ हजार, मर्मत संहारमा ७ लाख १२ हजार ३०९ रुपैयाँ खर्च भएको संस्थाले जनाएको छ । ‘भारी रकम विद्युत महशुलमा खर्च हुन्छ,’ उनले भने, ‘त्यसरी महंगोमा तानेको पानी चुहावटबाट झण्डै ४५ प्रतिशत खेर गइरहेको छ । त्यसले संस्थालाई निकै घाटा भएको छ ।’

१८ वर्ष अघि निर्माण भएको उक्त आयोजनाको आपुर्ति लाइनमा रहेका पाइपहरु जीर्ण भएर ठाँउठाँउमा चुहिएका छन् । पाइप मर्मतका लागि ८ करोड ५२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘हामीले खानेपानी मन्त्रालयमा धाउँदा धाउँदा त्यसको ५० प्रतिशत अनुदान दिने कुरा भएको छ,’ उनले भने,‘ बाँकी रकम कसरी जुटाउने भन्ने कुरामा अझै अन्यौलता छ ।’

दैनिक १२ लाख लिटर पानीमा माग भएपनि अहिले ८ लाख लिटर भन्दा उपलब्ध गराउन नसकिएको उक्त संस्थाले जनाएको छ । गत आर्थिक बर्षमा बिभिन्न शीर्षकमा कटौती गरेर कुल ११ लाख ५४ हजार ३ सय ३४ रुपैया २३ पैसा बचत गरेको अध्यक्ष अर्यालले बताए । गोरखा सदरमुकाम भित्रका अहिले उक्त खानेपानी आयोजनाले १२ सय ५१ उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार