• बिहिबार, साउन २१ २०८३

भीमसेन थापाका किसानलाई ट्याक्टर र थ्रेसर वितरण


मंगलबार, माघ १३ २०७७
710
Shares

गोरखा । भीमसेन थापा गाउँपालिकाले किसानलाई हाते ट्याक्टर र कोदो कुट्ने थ्रेसर वितरण गरेको छ । सोमबार गाउँपालिका कार्यालय खान्चोकमा एक कार्यक्रम गरी ४० वटा हाते ट्याक्टर र ७ वटा कोदो कुट्ने थ्रेसर वितरण गरिएको गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए ।

‘कृषिलाई आधुनिकिरण तर्फ उन्मुख गराउन, किसानलाई उन्नत प्रविधि र सीप प्रदान गर्ने हाम्रो उदेश्य हो,’ उनले भने, ‘यसले कृषि क्षेत्रलाई व्यवसायीक बनाउन सघाउँछ भन्ने विश्वास लिएका छौ ।’माग र आवश्यकताका आधारमा छनौट भएका कृषक, कृषक समूह, सहकारी र टोल बिकासलाई ५० प्रतिशत अनुदानमा ती उपकरण वितरण गरिएको उनले बताए ।

जसअनुसार हाते ट्याक्टरकालागि २६ हजार ७५० र थ्रेसर मेसिनका लागि २७ हजार ५०० रुपैयाँ गाउँपालिकाले अनुदान स्वरुप दिएको छ ।यसैवीच कोदो खेति गर्ने ४० जना कृषक समेत सम्मानित भएका छन् । ८ वटा वडाबाट ५/५ जनाका दरले ४० जना किसानलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको भीमसेन गाउँपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार