• मंगलबार, साउन १२ २०८३

सोमबार थप ३३९ जनामा कोरोना संक्रमण, १० को मृत्यु


सोमबार, माघ १२ २०७७
490
Shares

काठमाडौं । पसछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप ३ सय ३९ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार ७ सय ८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४०१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६४ हजार ५ सय ३८ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार ११ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार