• मंगलबार, साउन १२ २०८३

गोरखामा सक्रिय काेराेना संक्रमितकाे संख्या ‘शुन्य’, ७४९ जना निकाे


सोमबार, माघ १२ २०७७
770
Shares

गोरखा । कोरोना संक्रमण शुन्य भएको छ । माघ महिना लागेसँगै यो समाचार तयार पार्दासम्म जिल्लामा एक जना पनि संक्रिय सक्रमित नरहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

हालसम्म ७४९ जना कोराना संक्रमित भएकोमा ७४६ जना निको भएर घर फर्किएको कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।

‘हालको अबस्थामा गोरखामा एक जना पनि कोरोना संक्रमित हुनहुन्न,’ उनले भने, ‘शहिद लखन गाउँपालिकाले स्वाब संकलन गरी परीक्षणका लागि पठाएको जानकारी छ । त्यसको रिर्पोट भने हामीलाई प्राप्त हुन नसक्दा तथ्याङ्क पनि अध्यावधी हुन पाएको छैन ।’

उता शहिद लखन गाउँपालिकाले पनि नयाँ संक्रमित नथपिएको स्पष्ट पारेको छ ।

जिल्लामा हालसम्म १० हजार ११५ जनाको स्बाब परीक्षण गरिएको छ । ती मध्ये ९ हजार ३६६ जनाको रिर्पोट नेगेटिभ आएको थियो । यहाँ कोरोना कारण उपचारकै क्रममा ३ जनाको मृत्यु भएको छ । उपचार एवं अन्य कामको शिलशिलामा जिल्ला बाहिर परीक्षण गराएका मध्ये ७० जना कोरोना पोजेटिभ भएका थिए । ती मध्ये ८ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

कोरोना संक्रमण कम देखिएसँगै गोरखा क्याम्पस आइसोलेशन हटाइसकिएको छ भने जिल्ला अस्पताल गोरखाको आइसोलेशनमा पनि लामो समय देखि बिरामी छैनन् । देशभर पनि कोरोना संक्रमण ओरालो लागेको छ । पछिल्लो समय मानिसको जनजिवन पनि सामान्य अबस्थामा फर्किएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार