• बिहिबार, साउन २१ २०८३

बिदाकाे दिन सरकारी बाइकमा एक कर्मचारी गोदावरीकाे ज‌ंगलमा भेटिए


सोमबार, माघ १२ २०७७
720
Shares

गोरखा । जिल्लाका एक कर्मचारी घुम्नका लागि सरकारी मोटरसाइकल चढेर शनिवार ललितपूर पुगेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षामा कार्यरत कृष्णबहादुर थापा (क्षेत्री) शनिवार ललितपुरको गोदावरी–१३ झरुवारासी स्थित एक जंगलमा पुगेका थिए ।

सरकारी मोटरसाइकल चढेर विदाको दिन घुम्न आएको देखेपनि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बा २ च ६१३८ नम्बरको मोटरसाइकल सहित प्रहरीले उनलाई दिउँसो ४ः३० बजे नियन्त्रणमा लिएको थियो । सरकारी मोटरसाइकल व्यक्तिगत काममा प्रयोग गरेको देखिएकाले प्रहरीलाई बुझाइएको स्थानीयले बताएका छन । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

मोटरसाइकलको दुरुपयोगका बारेमा बुझ्न हामीले थापालाई बारम्बार सम्र्पक गर्दा उनको फोन उठेन । त्यसपछि जिल्ला आयोजना कार्यान्व्यन इकाई शिक्षाका प्रमुख विष्णुप्रसाद मिश्रलाई सोध्दा उनले भने, ‘समातिएको मोटरसाइकल हाम्रै अफिसको हो । उहाँ कार्यालयकै काम केही दिन अघि प्राधिकरणको अफिसमा जानु भएको थियो । तर बिदाको दिन सरकारी मोटरसाइकल चढेर घुम्न गएको विषय भने हामीलाई थाहा छैन ।’

यदी उनले विदाको दिन कार्यालयलाई जानकारी नदिई सरकारी सवारी साधन चलाएको भए उक्त कुरा गतल भएको मिश्रको भनाई छ । यता जिल्ला प्रहरी कार्यालय गोरखाले भने उक्त विषयमा कुनै जानकारी नआएको बताएको छ । जिल्ला भित्र पनि सरकारी कार्यालयका कर्मचारीहरुले कार्यालय भन्दा अन्य समय र बिदाको दिन समेत सवारी साधन प्रयोग गर्ने गरेको देखिन्छ । कतिपय कर्मचारीहरुले व्यक्तिगत काम र घुमघाममा सरकारी सवारी साधनको दुरुपयोग गर्ने गरेको सरोकारवालाको दाबी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार